गठबन्धनमा बाँडफाँट : माओवादी र एकीकृत समाजवादीले पाए मागेअनुसारकाे महानगर

काठमाडाैँ । सत्ता गठबन्धनले महानगर बाँडफाँट टुङ्ग्याएकाे छ । मंगलबार दिउँसाे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेकाे गठबन्धनकाे बैठकले ६ महानगरकाे बाँडफाँट टुङ्ग्याएकाे हाे ।

बालुवाटार स्राेतकाअनुसार सत्ता साझेदार दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीलाई क्रमश: भरतपुर र पाेखरा महानगरपालिका पाउने भएका छन् । यस्तै जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने भएकाे छ ।

यस्तै बाँकी महानगरपालिकाहरू काठमाडाैँ, ललितपुर र विराटनगर नेपाली कांग्रेसले लिने भएकाे छ ।

♦  याे पनि:
   महानगर बाँडफाँट : काठमाडाैँ, ललितपुर र विराटनगर कांग्रेसलाई

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *