महानगर बाँडफाँट : काठमाडाैँ, ललितपुर र विराटनगर कांग्रेसलाई

काठमाडौँ । सत्तारूढ गठबन्धनले ३ वटा महानगरपालिकाहरूमा भागबण्डाकाे टुंगाे लगाएकाे छ ।

मंगलबार बालुवाटारमा बसकाे गठबन्धनकाे बैठकले ६ मध्ये तीन महानगर कांग्रेसलाई दिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एक/एक महानगर दिने निर्णय गरेकाे हाे ।

सहमतिअनुसार काठमाडाैँ उपत्यकाका दुवै महानगरमा कांग्रेसले नेतृत्व पाएकाे छ भने उपत्यका बाहिर विराटनगरमा पनि कांग्रेसले नेतृत्व पाएकाे छ ।

त्यस्तै, पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउने भएकाे छ । नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका तथा जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउने सहमति बनेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *