महानगर बाँडफाँट : ३ कांग्रेसलाई, माओवादी, एस र जसपालाई १/१ वटा

काठमाडाैँ । सत्तारुढ गठबन्धन महानगरबारे सहमतिनिकट पुगेकाे छ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शीर्ष नेताहरूसहितकाे स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिकाे बैठकमा यही प्रस्ताव राखेका छन् ।

यहीअनुसार सहमति जुट्ने प्रचण्डकाे दाबी छ । ‘यही प्रस्तावमाथि छलफल भइरहेकाे छ र यहीबाट सहमतिमा पुगिन्छ भन्ने छ । मैले सहमतिमा पुगिसकियाे भनेकाे छु,’ उनले भनेका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलकाे नेतृत्वमा रहेकाे समितिका एक सदस्यले भनेका छन्, ‘यही सहमति भन्दा पनि हुन्छ । हामी यसैगरी सहमतिमा पुग्छाैँ । यसमा थप छलफल त हुन्छ तर, याे प्रस्ताव भने बदलिँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *