बिस्काःकाे जात्राकाे अन्तिम दिन आज

भक्तपुर । आठरात नौ दिनसम्म मनाइने बिस्काः जात्राको अन्तिम दिन सोमबार स्थानीय कुमाले टोलमा हात नभएको लिङ्गो ढालिएको छ ।

प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी कुमाले टोलमा उभ्याइएको उक्त लिङ्गो सोमबार विधिपूर्वक रूपमा पूजाअर्चना गरेर ढालिएको हो ।

बिस्काःमा उठाइने लिङ्गो हेर्नाले शत्रु नाश हुने र वैभव प्राप्त हुने जनविश्वस रहेको जानकारहरूको भनाई छ । बिस्काः जात्राभित्रको महत्वपूर्ण जात्रा लिङ्गो उठाउने जात्रा भएकाले विधिपूर्वक पूजापाठ गरी लिङ्गो ढालिएको जनाइएको छ ।

त्यस्तै, भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु भएको बिस्काः जात्रा अपराह्न भैरवनाथ र भद्रकालीकै रथ तानेर विधिपूर्वक रूपमा सम्पन्न गरिने परम्परा रहेको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 7 =