महानगरको मत्रपत्रको छपाइ अन्तिममा

काठमाडाैँ । निर्वाचन आयोगले ६ वटा महानगरपालिकाको मतपत्र अन्तिममा छपाइ गर्ने भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालयमा छपाइ भइरहेका मतपत्रमध्ये धेरै उम्मेदवार भएको ६ महानगरमा वैशाखको दोस्रो साताबाट मतपत्र छपाइ हुने भएको हो ।

काठमाडौँ, पोखराको लेखनाथ, ललितपुर, भरतपुर, वीरजंग र विराटनगर महानगरपालिकाको मतपत्र छपाइ सुरु भएको छैन । जनसङ्ख्या बढी भएका ती महानगरपालिकाहरूको उम्मेदवार मनोनयनपछि मात्र मतपत्र छपाइ गर्ने तयारी निर्वाचन आयोगको छ । आयोगले मतपत्रको डिजाइन गरेपछि मात्रै जनक शिक्षालाई छपाइ अनुमति दिने गरेको छ । सोही आधारमा पछिल्लो समय मधेस प्रदेशको मतपत्र छपाइ सुरु भइरहेको छ ।

आयोगको प्रक्षेपणअनुसार वैशाख २० गते अघि नै मतपत्र छपाइ सकेर महानगरपालिकाहरूको लागि ढुवानी सुरु हुनेछ । पहाडी तथा हिमाली जिल्ला समेटिएको सबै प्रदेशको मतपत्र छपाइ भइसकेको छ। स्रोतका अनुसार सुदूरपश्चिम, मध्यपश्चिम, गण्डकी, लुम्बिनी, प्रदेश १ र बागमती प्रदेशका अधिकांश जिल्लाको मतपत्र छपाइ भइसकेको छ । -नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *