एमालेकाे सचिवालय बैठक बस्दै
२०७९ वैशाख ४ गते

काठमाडाैँ । एमालेले सचिवालय बैठक बाेलाएकाे छ । सोमबार बस्नेगरी बैठक बोलाइएकाे सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । बैठक तुलसीलाल स्मृति भवनमा बस्ने छ ।
सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्ने भएको छ । केन्द्रीय कार्यालय बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।
स्थानीय चुनाव केन्द्रीत एजेन्डाहरूमाथि छलफल गर्न बैठक बोलाइएको छ ।
२०७९ वैशाख ४ गते
प्रतिक्रिया
सम्बन्धित








