रातो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न (तस्वीर)

काठमाडाैँ । १६०० वर्ष भन्दा पुरानो, ललितपुरकै ठूलो तथा काठमाडौ उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मत्स्येन्द्रनाथको रथ यात्रा यही वैशाख शुक्ल प्रतिपदाबाट शुरू हुँदैछ ।

पध्मपाणी करुणामय लोकेश्वरको नामले समेत चिनिने रातो मत्स्येन्द्रनाथको आज ललितपुरको लगनखेलमा महास्नान गराइएको छ । तान्त्रिक विधिद्वारा पूजा गरेपछि पाउमा पानी खनाएर महास्नान गराइन्छ । महास्नानको साइतमा गुरुज्यूका पल्टनले बढाइँ समेत दिने गर्दछन् । महास्नान गराइसकेपछि पुल्चोकमा रथ निर्माण गर्ने काम शुरू हुन्छ ।

रातो मत्स्येन्द्रनाथको जात्रा वैशाख शुक्ल प्रतिपदा देखि असार शुक्ल चौथीसम्म चल्नेछ । त्यसपछि जावलाखेलमा भोटो देखाएपछी यो जात्रा विधिवत रूपमा सकिने छ ।

रातो मत्स्येन्द्रनाथलाई ६ महिना बुङ्ग्मती र ६ महिना ललितपुरमा राखिने परम्परा छ । जावलाखेलमा भोटो देखाएपछी मत्स्येन्द्रनाथलाइ बुङ्ग्मती लगिन्छ ।

रातो मत्स्येन्द्रनाथको महास्नानमा ललितपुरकी कुमारीलाई समेत कुमारीघरबाट महास्नान स्थलमा ल्याइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =