निलम्बित गभर्नर पुनर्बहालीकाे माग लिएर सर्वोच्चमा
२०७९ वैशाख ४ गते

काठमाडौँ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी पुनर्बहालीको माग गर्दै सरकारविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।
अधिकारीले सर्वाेच्चमा दायर गरेकाे रिट निवेदन अध्ययनकै क्रममा रहेकाे अदालतले जनाएकाे छ ।
अधिकारीले कानुन व्यवयासीहरूसँगको परामर्शपछि गभर्नर अधिकारीले आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका हुन् । गत २५ चैतमा सरकारले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
२०७९ वैशाख ४ गते
प्रतिक्रिया








