गठबन्धनमा असहमति जनाउँदै सुर्खेत कांग्रेसका ५१ जनाले छाडे पार्टी

सुर्खेत । स्थानीय तहको निर्वाचनमा केन्द्रमा सत्ता साझेदार दलबीच चुनावी तालमेल गर्ने निर्णयप्रति सुर्खेतमा विग्रह शुरू भएको छ । चुनावमा गर्ने गठबन्धनको तालमेलप्रति आपत्ति जनाउँदै सुर्खेतमा कांग्रेसका ५१ जनाले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

सुर्खेतको लेकवेशी नगरपालिका–५ नेटामा नेपाली कांग्रेसका ५१ जना क्रियाशील सदस्यहरूले संयुक्त राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा कांग्रेसका वडा सभापति होमबहादुर चपाइँसहितको कार्यसमिति छ ।

शनिबार सम्पन्न वडा कार्यसमितिको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको छ । प्राप्त हस्ताक्षर माइन्युटमा नेपाली कांग्रेस वडा कार्यसमितिका पदाधिकारीहरूले राजीनामा दिने र क्रियाशील सदस्यता खारेज गरिपाउँ भन्दै निर्णय नै गरेको छन् ।

बैठकले कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित वडा कार्यसमितिले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने पार्टीको माथिल्लो तहबाट भएको सर्कुलर मान्य नहुने उल्लेख छ । बैठकमा आफूहरूले राखेको माग सम्बोधन नभएको खण्डमा पाार्टीको कुनैपनि जिम्मेवारीमा नरहने समेत उल्लेख छ ।

लेकवेशी नगरपालिका–५ मा नेपाली कांग्रेस एक्लै चुनावमा लड्न सक्षम रहेको भन्दै यथार्थ वस्तुस्थिती नुबुझि नेकपा माओवादीसँग तालमेल गर्ने केन्द्रको निणर्य मान्य नहुने नेपाली कांग्रेस लेकवेशी नगरपालिका–५ का वडा सभापति चपाइँले जानकारी दिए ।

उनले आसन्न निर्वाचनमा माओवादीसँग कुनैपनि हालतमा तालमेल गरेर चुनावमा जान नसकिने बैठकले निणर्य गरेको जनाए । पार्टीले समयमै वडा समितिका मागहरू सम्बोन्धन नगरे आसन्न स्थानीय तहको निर्वाचनमा वागी उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिने चपाइँले चेतवानी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *