गठबन्धन बैठक : सिट बाँडफाँटकाे जिम्मा कार्यदललाई

काठमाडाैँ । सत्तारूढ गठबन्धनले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँटको जिम्मा कार्यदललाई दिएको छ । आइतबार बिहान प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा बसेकाे शीर्ष नेताहरूकाे बैठकले सिट बाँडफाँटकाे जिम्मा कार्यदललाई दिएकाे हाे ।

बैठकमा नेताहरू चाँडाेभन्दा चाँडाे सिट बाँडफाँट गर्नेमा सहमत भएका थिए । यसपछि बाँडफाँटकाे जिम्मा कार्यदललाई दिइएकाे हाे । कार्यदलकाे बैठक आजै १ बजे बस्नेछ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलकाे नेतृत्वमा गठित निर्वाचन तयारी तथा अनुगमन समितिले अब भाेलिसम्म महानगर र नगरपालिकाकाे सिट बाँडफाँट गर्ने एक नेताले बताए ।

बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने सहमति बनेकाे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे सचिवालय जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *