देउलेख जीप दुर्घटना

कांग्रेस बझाङ सभापति बोहराले २७ वर्षीय छोरा गुमाए, आफू घाइते

धनगढी । बझाङमा गएराति भएको जीप दुर्घटना हुँदा नेपाली कांग्रेसका सभापति खडक बोहराका २७ वर्षीय छोरा विनोद बोहराको मृत्यु भएको छ । सभापति बोहराको अवस्था भने सामान्य प्रहरीले जनाएको छ ।

बझाङको सुर्माबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जिप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु तीन जना घाइते भएका थिए ।

जीपमा सभापति बोहरा परिवार सवार थिए । दुर्घटनामा जयपृथ्वी नगरपालिका-११ की १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका-२ की १९ वर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा गरी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।

घाइते देउरुखी र सिन्की बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने, अन्जुको उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । प्रहरीका अनुसार गएराति १२:४० मा जीप दुर्घटना भएको थियो । जीपमा सवार जनामध्ये पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *