चुनावी तालमेल विषयमा विवाद भए केन्द्रले टुङ्ग्याउछ : नेपाली कांग्रेस

काठमाडाैँ । नेपाली कांग्रेसले स्थानीय तहमा चुनावी तालमेलका विषयमा विवाद भए केन्द्रले टुङ्ग्याउने जनाएको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले तालमेलको आवश्यक निर्णय गर्न स्थानीय तहलाईनै जिम्मा दिइएको भन्दै सहमति हुन नसके केन्द्रले टुङ्गो लगाउने बताएका हुन् ।

गठबन्धनका साझा उम्मेद्वार तय गर्न स्थानीय तहमा गठबन्धनबीच नै प्रतिष्पर्धा हुने सक्ने उनले बताए । तर गठबन्धन दलले भने कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शीर्ष तहमा सहमति गरिएको स्पष्ट पारे । उनले गठबन्धनको मूल मर्म र भावनाअनुसार हुनेसम्म तालमेल गर्न भनिएको जानकारी दिए । महतले तालमेलमा समस्या देखिए छलफलबाटै निष्कर्ष निकाल्न सकिने भएकाले बाहिर जथाभावी नबोल्न निर्देशन दिइएको समेत जानकारी दिए ।

महानगर र उपमहानगरका तहबाहेकका स्थानमा साझा उम्मेद्वार चयन गर्न केन्द्रले कुनै दवाव नदिएको महतले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *