देशका लागि गठबन्धन स्वार्थको गठजोड हो : एमाले सुर्खेत

सुर्खेत । देशका लागि पाँच दलिय गठबन्धन स्वार्थको गठजोड भएकाले यसले देशलाई नै घाटा हुने एमाले सुर्खेतले जनाएको छ ।

गठबन्धन गलगाण, अपवित्र र सत्ता स्वार्थको गठजोड भएको भन्दै एमाले सुर्खेतले यसलाई परास्त गर्न सम्पूर्ण पार्टी पक्ति एकतावद्ध भएर विजयीको अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

शनिबार नेकपा एमाले सुर्खेतले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै तेस्रो पूर्ण बैठक सम्पन्न गर्दै यस्तो निर्देशन दिएको हो । जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकमा सुर्खेतका नौ वटै स्थानीय तहका पार्टीका अध्यक्षहरुले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

सुर्खेतका ९९ वडा वडामध्ये एमाले सुर्खेतले ३८ वडामा सर्बसम्मत उम्मेदवार चयन गरेको छ । यस्तै, १५ वडाबाट उम्मेदवार सिफारिस भएका छन्, भने बाँकी वडाबाट वैशाख ६ गतेसम्म उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको नेकपा एमाले सुर्खेतका प्रचारप्रसार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।

उनका अनुसार आगामी निर्वाचनमा पार्टीले उठाउँने उम्मेदवारहरुको छनौटको अन्तिम निर्णय सचिवालयले गर्ने गरी जिल्ला कमिटीलाई अधिकार दिने निर्णय समेत भएको छ । बैठकले चुनावी प्रचार–प्रसारमा तीव्रता दिने निर्णय गर्दै आगामी वैशाख ३० गते हुने निर्वाचनमा हरेक पालिकाले पाँचदेखि सात जनासम्म सदस्य रहेको चुनाव प्रचार तथा प्रसार समिति गठन गरि प्रचार प्रसारलाई व्यवस्थित गर्न पालिका कमिटीलाई निर्देशन दिएको छ ।

बैठकले जिल्ला कमिटि सदस्यमा सात जनालाई मनोनित समेत गरेको छ । मनोनीत सातैजनालाई एमाले सुर्खेत पार्टी अध्यक्ष अमृतबहादुर बिसीले सपथग्रहण गराएका थिए ।

आसन्न निर्वाचनमा नेकपा एमाले एक्लै चुनावी मैदानमा होम्मिने भन्दै गठवन्धनले एमालेलाई कुनै असर नपर्ने एमाले सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले बताए ।

विगतको निर्वाचनमा जसरी एमाले कर्णालीमा पहिलो पार्टी बनेको थियो यसपालीको निर्वाचनमा पनि एमाले कर्णालीमा उत्साह जनक तवरले निर्वाचनबाट पहिलो पार्टी बन्ने दाबी गरे ।

गठवन्धन घाणो भएको भन्दै रावतले भने, ‘स्वार्थको भारी बोकेर एमालेलाई क्लिन स्वीप पार्छौ भनेर सपना देख्नु दिवा सपना मात्र हो । यस्तो दिवा सपना नदेख्दै राम्रो ।’

बैठकमा सुर्खेत जिल्ला इन्चार्ज नबराज रावत, जिल्ला सह–इन्चार्ज मोहनमाया ढकाललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *