काठमाडौँ महानगरमा आफूहरूलाई माैका दिन रवीन्द्र मिश्रकाे आग्रह

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ महानगरपालिकामा एकपटक आफूहरूलाई मौका दिन आह्वान गरेका छन् ।

पार्टीकाे काठमाडौँ महानगरपालिका घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले यस्ताे आह्वान गरेका हुन् ।

कार्यक्रममा उनले भने, ‘एकपटक मौका दिनुस्, हामी गरेर देखाउँछौं, अरुहरूलाई तपाईंहरूले दशकौं दिँदा, फेरि फेरि मौका दिइराख्नुभएको छ । हामीले एक मौका खोजेका छौँ ।’

विवेकशील साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार घोषणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *