कारागारबाट सुरुङ खनेर फरार भएका प्रतिवादी पक्राउ

सुर्खेत । कारागार कार्यालय सुर्खेतबाट फरार प्रतिवादी पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसाे साढे १२ बजेको समयमा पक्राउ गरेको हो ।

प्रदेश प्रहरी ब्युरो सुर्खेत र प्रहरी चौकी बड्डीचौरबाट खटिएको प्रहरी टोलीले सुर्खेतको बराहताल गाउँपालिका–८ का ४७ वर्षीय प्रतिवादी भक्तबहादुर शाहीलाई सोही ठाउँको भट्टेघारीबाट पक्राउ गरेको हो ।

शाही २०५२ चैत २ गते जिल्ला अदालत सुर्खेतको आदेशले जन्म कैदको फैसला भई कारागार कार्यालय सुर्खेतमा कैद भुक्तान गरिरहेको समयमा २०५८ माघ २ गते राति कारागारबाट सुरुङ खनेर फरार रहेका थिए ।

शाही कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई पक्राउपछि जिल्ला अदालत सुर्खेतमा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =