बुद्धकृष्णले अन्तिमपटक जिब्राे छेडे (तस्वीरसहित)

काठमाडाैँ । ‘यो अन्तिम पटक’ भन्दै भक्तपुर बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले आज ९ औ पटक जिब्रो छेडाएका छन् ।

जात्राको लागि चाहिने गुसीं अर्थात् जंगलबाट ल्याएको काठ महालक्ष्मी मन्दिर परिसरमा वैशाख ३० गते बालेर खरानीको टीका लगाएपछि श्रेष्ठको व्रत शुरू भएको थियो ।

२०६२ सालमा ३२ बर्षको हुँदा पहिलो पटक श्रेष्ठले जिब्रो छेडाएका थिए । जिब्रो छेड्न आँट गर्नेहरू कम हुँदा परापूर्वकालदेखि चल्दै आएको संस्कृति मासिने डरले उनले जिब्रो छेडाउन शुरू गरेका थिए ।

बोडेमा अहिलेसम्म १३ जनाले जिब्रो छेडाएको रेकर्ड छ । जसमा बेखनारायण श्रेष्ठले ३२, हर्कनरसिंह बाग श्रेष्ठले २२, हरिदेव श्रेष्ठले १, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, चन्द्रसेन श्रेष्ठले ७, दिलकुमार श्रेष्ठले ७, हर्केश्वर श्रेष्ठले ३, मुनि श्रेष्ठले १, धर्मराज श्रेष्ठले १, कृष्णचन्द्र बाग श्रेष्ठले १२, जुजुभाइ श्रेष्ठले ८ र बुद्धकृष्णले यो पटक समेत गरेर ९ पटक जिब्रो छेडाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seven =