ललितपुरको मेयरमा कांग्रेसबाट चिरीबाबुसहित सात जनाको नाम सिफारिस
मकालु खबर
२०७९ वैशाख २ गते
काठमाडौँ । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ । कांग्रेस ललितपुर महानगर कार्यसमितिले सात जनाको नाम सिफारिस गरेको हो ।
जसमा सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठ छन् ।
महानगरमा मेयरको उम्मेदवारको टुंगो कांग्रेस केन्द्रीय कार्यसमितिले लगाउनेछ । कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेको छ ।
मकालु खबर
२०७९ वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित