सीता दाहाललाई भेटेर ओली र बास्तोलाले गरे स्वास्थ्य लाभको कामना 

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गरेका छन् । नेताद्वयले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई भेटेर स्वास्थ्य लाभको कामना गरेका हुन् ।

नयाँ वर्ष २०७९ को शुभकामनासहित हाम्रा बन्दीहरू रिहाइका लागि प्रचण्डसँग छलफल भएको नेकपाका नेता बास्तोलाले बताए । सोही क्रममा लामो समयदेखि बिरामी सीता दाहालसँग पनि भेट गरी सुस्वास्थ्यको कामना गरिएको बास्तोलाको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *