काठमाडौँ मेयरमा एमालेबाट पाँच जनाको नाम सिफारिस (सूचीसहित)

काठमाडौँ । नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले महानगर प्रमुखको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।

वर्तमान महानगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्वमन्त्री तथा संघीय सांसद रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस भएको हो ।

नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने कमिटीका अध्यक्ष देउलाले जानकारी दिए । जिल्ला कमिटीले आफूलाई लागेको रायसहित प्रदेश र प्रदेशबाट केन्द्र जाने उनले बताए । उनले भने, ‘केन्द्रले तल्ला कमिटीका सुझावका आधारमा निर्णय गर्नेछ ।’

उपप्रमुखको उम्मेदवारका विषयमा भने छलफल जारी रहेको कमिटीले जनाएको छ । नगरका १६ वडामा अध्यक्षको उम्मेदवार सर्वसम्मत भइसकेको र अरु वडामा छलफलका क्रममा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *