निर्वाचनप्रति अन्याैलता सिर्जना हुनेगरी नबाेल्न दलहरूलाई आयोगकाे आग्रह

काठमाडाैँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनप्रति अन्यौलता सिर्जना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरूसँग आग्रह गरेको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्धारित स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएकोप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै निर्वाचनको विषयमा अन्योलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिन आग्रह गरिएको बताए ।

त्यस्तै आयोगले निर्वाचनका लागि आवश्यक पर्ने १ करोड ९४ लाख थान मध्ये ४९ जिल्लाका लागि ७० लाख ३३ हजार मतपत्र छपाइ भइरहेको जनाएको छ ।

पौडेलले निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत लगाएतको प्रशिक्षण कार्यक्रम जारी रहेको जानकारी दिए ।

उनले जुन पार्टीको चुनाव चिह्नबाट टिकट पाउने हो, सो उम्मेद्वार सोहि दलको हुने मान्यता आयोगले राख्ने बताए ।

त्यस्तै, आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिबारे जानकारी दिन स्थानीय तह निर्वाचन इ–बुलेटिन प्रकाशन सुरु गर्न लागेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *