प्रचण्डसँग धर्मेन्द्र र हेमन्तप्रकाशल के के विषयमा छलफल गरे ?

काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली र धर्मेन्द्र बाँस्तोलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । उनीहरूबीच बिहीबार बिहान प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएकाे हाे ।

भेटवार्तामा तीन नेताबीच समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल भएकाे भेटमा सहभागी नेता बाँस्ताेलाले बताए । उनकाअनुसार आफूहरूले प्रचण्डसँग बन्दीहरूकाे रिहाइ गर्न माग गरेका थिए । ‘नयाँ वर्ष २०७९ को शुभकामनासहित हाम्रा बन्दीहरू रिहाइका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल भयाे । साथमा लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्डपत्नी सीता दाहालसँगको भेट सुस्वास्थ्यको कामना गरियाे,’ नेता बाँस्ताेलाले भनेका छन् ।

यसअघि बुधबार साेही पार्टीका महासचिव विप्लव र प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । उनीहरूले पनि साेही आग्रह प्रधानमन्त्री देउवासमक्ष गरेका थिए ।

आजकाे भेटमा तीन नेताहरूबीच माओवादी धुव्रीकरणबारे पनि छलफल भएकाे स्राेतले बताएकाे छ । प्रचण्डले पनि निकै पहिल्यैदेखि यसबारे बाेल्दै आएका छन् । यद्यपि उनकाे याे अभियानमा एमसीसीले अप्ठ्याराे बनाइदिएकाे छ । फागुन १५ मा एमसीसी पारित हुनुभन्दा अगाडि माेहन वैद्य, विप्लवलगायतका नेताहरूसँग छलफलमा रहेका उनकाे अभियान एमसीसी पारित भएपछि सेलाएकाे थियाे । वैद्य, विप्लवहरू एमसीसीकाे कट्टर आलाेचकहरू हुन् । स्राेतले भनेका छ, ‘उहाँहरूबीच पूर्वमाओवादी ध्रुवीकरणबारे पनि छलफल भयाे । त्यसमा ठाेस रूपमा यसरी जाने भन्ने दिशा नमिलेपनि प्रकारान्तरले मिल्नैपर्छ भन्ने निष्कर्ष निस्क्याे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *