वीरेन्द्रनगरको मेयरमा समाजवादीबाट वीरबहादुर रावतको दाबी

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा वीरबहादुर रावतले दाबी गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा समाजवादीबाट मेयरमा रावतले दाबी गरेका हुन् ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकामा पनि चुनावले रौनक लिएसँगै समाजवादीबाट रावतले मेयरमा आफ्नो दाबी गरेका हुन् ।

करिव २५ वर्षदेखि राजनीतिमा सक्रिय रावत नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट नगर प्रमुखमा आफ्नो उम्मेदवारी दिने दाबी गरेका हुन् । कर्णाली प्रदेशलाई विभिन्न पर्यटकिय क्षेत्रसँग जोडेर विश्वसामु चिनाउन, आर्थिक उन्नति गर्ने र कर्णालीका जनताको हातमा पैसा पार्नका लागि, पर्यटन प्रर्वद्धनको विकासलाई जोड दिएपछि कर्णालीलाई समृद्ध कर्णाली प्रदेश बनाउँनका लागि आफ्नो दाबी रहेको रावतले बताएका छन् ।

रावतले राजनितिमा मात्र नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थामा पनि लामो समयसम्म काम गरेको अनुभव रहेको छ । संस्थामा रहेर काम गर्दै–गर्दा समुदायका कुना–कुनामा पुगेर आमगरिकले नजिकबाट चिनेका र गहिरो सम्बन्ध समते रहेको रावतले बताए ।

रावतले भने, ‘मेयर जितेपछि गरिबी न्युनीकरण गर्नु मेरो पहिलो लक्ष्य रहेको छ । “तपाईं उद्यम गर्नुहोस्, आर्थिक लगानी हामी गछौँ” भन्ने मूल नाराका साथ आफू अगाडि बढ्ने छु ।’ रावतले थपे, ‘गठबन्धनको भागबन्डामा वीरेन्द्रनगर नगरपालिकामा समाजवादीको भागमा पर्यो भने मेरो नै उम्मेदवारी नै रहने छ ।

नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय सचिव र कर्णाली प्रदेश कमिटी अध्यक्ष एवं वीरेन्द्र नगर कमिटीको उपाध्यक्ष समेत रहेर काम गरेको मेरो अनुभव रहेको छ ।’

उनले जनताका माझमा आफू लोकप्रिय युवा नेताको रूपमा रहेको समेत दाबी गरेका छन् । रावतले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै पार्टीलाई स्थानीय निर्वाचनमा जित हातपार्न सक्ने र स्वच्छ छवि भएको र हरेक समस्यालाई मात्र नभई चुनौतीलाई पनि सामना गर्न सक्ने क्षमतावान व्यक्तिलाई यसपटककाे मेयरमा जिताउन आग्रह समते गरे ।

रावतले आफुले वीरेन्द्रनगरको मयेरमा उम्मेदवारी पाएपछि काँक्रविहारमा हाल प्रवेशद्धार नभएकाले प्रवेशद्वार बनाउने, ५ वर्ष सम्म पनि आफूले सोचे जस्तो बाटोको काम नभएकाले वीरेन्द्रनगरको टोल–टोलमा सडक पीच गर्ने, स्वास्थ र शिक्षालाई निःशुल्क बनाउने, कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रियसम्म चिनाउनलाई १०८ वटा बुद्ध पार्क बनाउने साथै काँक्रेबिहारलाई लुम्बिनी विश्वविद्यालय, उत्तरमा मानोसरोवर र डोल्पाको शे–फोक्सुण्डाे जोड्ने लगायतका काम गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *