आठबीसमा एमालेबाट मेयरमा तर्क र उपमेयरमा थापाको नाम सिफारिस

सुर्खेत । दैलेखको आठबीस नगरपालिकाको मेयर र उप–मेयरका लागि एमालेले उम्मेदारको नामको टुंगो लगाएको छ । मेयरमा तर्क बडुवाल र उपमेयरमा कल्पना थापाको नाम एमालेले बुधबार टुंगो लगाएको हो ।

एमाले आठबिस नगरकमिटीले २०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मेयर र उपमेयरमा उम्मेदवार चयन गरेको छ ।

मंगलवार बसेको आठबीस नगर कमिटिको बैठकबाट चुनाव गरेर उम्मेदवार चयन भएका छन् । नगर प्रमुखमा ७ जना तथा उपप्रमुखमा ४ जनाले दाबी गरेपछी चुनाव गरेर बहुमत ल्याउनेलाई मेयर र उपमेयरमा उम्मेदवार चयन गरीएको एमालेले जनाएको छ ।

चुनावमा नगरप्रमुखका उम्मेदवार तर्क बडुवालले ४७ मत ल्याएका थिए भने नगर उपमेयरमा कल्पना थापाले ५२ मत ल्याएर नगरपालिकाको उपमेयरमा उम्मेदवार चयन भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *