म्यादी प्रहरीको आधारभूत तालिम शुरू (तस्वीरहरू)

काठमाडाैँ। वैशाख ३० गते हुने आसन्न स्थानीय निर्वाचनको लागि सरकारले चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन लिएर देशभर म्यादी प्रहरीको भर्ना अभियान शुरू गरेको थियो ।

चैत १५ गतेदेखि २२ गतेसम्म छनोट कार्यतालिका निर्धारण गरेर सरकारले भर्ना गरेका एक लाख म्यादी प्रहरीलाई चैत २८ गतेदेखि विभिन्न प्रहरी कार्यलयको मातहतमा राखेर आधारभूत तालिम दिन शुरू गरिएको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटो अन्तरगत रहेका २९४ जना म्यादी प्रहरीहरूलाई अहिले ललितपुरको खुमलटारस्थित खुल्ला चौरमा प्रशिक्षण दिन थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *