दुल्लुको मेयरमा एमालेबाट युवा नेता शाही सिफारिस

सुर्खेत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दैलेदको दुल्लु नगरपालिकाको प्रमुखमा नेकपा एमालेकोतर्फबाट युवा नेता रुद्र शाही सिफारिस भएका छन् ।

दुल्लुको मेयरका लागि आकाङ्क्षी धेरै भएपछि उम्मेद्वार छनौटका लागि मंगलबार भएको मतदानमा शाहीले ५६ मत प्राप्त गरि पहिलो भएका थिए ।

दोस्रो नम्बरका नगर कमिटी अध्यक्ष हर्कबहादुर खड्काले ३३, जिल्ला पार्टी सचिव तिलक रिजालले १९, जिल्ला पार्टी उपसचिव गंगाराम दाहालले १०, डाक्टर रमेश आचार्यले ५ र कपिल खनालले शून्य मत प्राप्त गरे ।

यस्तै, उममेयर उम्मेदवारका लागि सात जना प्रतिस्पर्धीमध्य रेणु भट्टराईले ३३ मत प्राप्त गरेर पहिलो नम्बरमा सिफारिस भएकी छन् ।

यस्तै, दोस्रोमा विना कार्कीले २९, विष्णु थापाले २७, भगवती खनालले १३, कौशिला आचार्य खनालले १५, सावित्रा खड्काले १२ र कोकिला शर्माले ८ मत प्राप्त गरिन् ।

दुल्लु नगर कमिटीले नगर प्रमुखमा पहिलो नम्बरमा सिफारिस भएका शाही र दोस्रो नम्बरमा सिफारिस भएका खड्कालाई तथा उपप्रमुखमा भट्टराई र कार्कीलाई सिफारिस गरेको छ । तर, बुधबार मेयरका लागि उम्मेदवार निर्मला रिमाल पोखरेल र हर्कबहादुर खड्काले शाहिलाई समर्थन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *