चुनावी घोषणापत्रबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आसन्न स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्रबारे छलफल गर्न दिउँसो २ बजेपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा सहभागिताका लागि कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =