स्कोडा कोडियाकको फेसलिफ्ट कार नेपालमा

काठमाडौँ । स्पोर्टी लुक्स, क्रिस्टललाइन डिजाइन, सेग्मेन्टकै सबैभन्दा सुरक्षित फिचर तथा ‘सिम्पली क्लेभर’ फिचरले भरिएको स्कोडा कोडियाक फेसलिफ्ट स्कोडा शोरुमहरूमा उपलब्ध हुन थालेको छ ।

सन् २०१८ मा पहिलो पटक नेपालमा सार्वजनिक भएको कोडियाकलाई युरोपबाट सिधै नेपाल आयात गरिन्छ ।

‘नयाँ स्कोडा कोडियाकमा सुन्दरता, आराम र इन्जिनको क्षमतालाई बलियो बनाइएको छ,’ स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘सेग्मेन्टकै राम्रा फिचर र बेजोड सुरक्षाले कोडियाकलाई पूर्ण सुविधासम्पन्न एसयुभी बनाएको छ जुन दैनिक दैनिक ड्राइभिङ र रोमाञ्चक अफरोड यात्रा दुवैका लागि उपयुक्त छ ।’

रगेड एक्सटेरियर
स्कोडाले कोडियाकको लुक्समा विशेष परिमार्जन गर्नुका साथै एरोडायनामिक्सलाई पनि अप्टिमाइज गरिएको छ । साथै यसको ग्रिलले कोडियाकलाई झन आकर्षक बनाएको छ । एड्याप्टिभ फ्रन्ट हेडलाइट र एलईडी हेडलाइट तथा फग लाइटले लाइटिङलाई राम्रो बनाएको छ ।

उच्चस्तरीय इन्टेरियर
स्कोडाले कोडियाक इन्टेरियरलाई डेकोरेटिभ स्ट्रिप, कन्ट्रास्टीङ स्टिचिङ र परिष्कृत एलईडी एम्बियन्ट लाइटिङ फङ्शन दिएर नयाँ उचाइमा पुर्याएको छ । साथै ठूला एसयुभीहरुमा पहिलो पटक एर्गोनोमिक, पर्फोरेटेड–लेदर सिटहरू राखिएको छ जसले हिटिङ अप्सनका साथै मल्टिवे इलेक्ट्रिक सीटको व्यवस्था गरेको छ । साथै यसमा क्यान्टोन साउन्ड सिस्टम छ । यसको ड्यासबोर्डमा सेन्ट्रल स्पिकर र बुथमा सबवुफरको साथै अतिरिक्त दश स्पिकरहरू छन् ।

याे कारकाे मूल्य १ कराेड ७१ लाख रहेकाे छ ।

पावरफुल डिजाइन
१०.२५ इन्चको डिस्प्ले र स्टाइलका लागि चार विभिन्न लेआउटका साथ यसमा भर्चुअल कक्पीट छ । कोडियाक अप्ठ्यारो भूभागहरूमा सजिलैसँग चलाउनको लागि बनाइएको एसयुभी हो । यसको टोर्नाडो लाइनहरू, सटीक किनारहरू र क्रिस्टललाइनले यसमा विशिष्ट स्टाइल थपेको छ । स्कोडा कोडियाकमा भएको एलिगेन्ट लाइनहरुको बोल्ड इन्टरप्ले, स्पोर्टी कन्टोर्स र रोबष्टनेशले यसलाई सजिलै चिन्न सकिने बनाउँछ ।

इञ्जिन र ट्रान्समिशन
कोडियाकमा रहेको २.० टिडिआईले १५० पीएस र ३४० एनएम टर्क जेनेरेट गर्छ । उसमा फोर व्हीलसहितको ७–स्पीड डुअल क्लच अटोमेटिक ट्रान्समिशन रहेको छ ।

सुरक्षित र आरामदायी
नयाँ कोडियाक अत्याधुनिक सेफ्टी किटहरुका साथ आउँछ, जसमा ९ एअरब्यागहरु, इबिडिका साथ एबिएस, बे्रक असिस्ट, मल्टी कोल्लीशन ब्रेक, चौतर्फि पार्किङ सेन्सर र ब्लाइण्ड स्पोट मोनिटरिङ सिस्टम समावेश छन् । कोडियाकले इलेक्ट्रीकलरुपमा एड्जष्ट गर्न मिल्ने प्यानारामिक सनरुफका साथ नयाँ आयाम रचेको छ, जसले खुलापनको आभाषलाई अझ उजागर गर्छ । यसका साथै यो फ्रन्ट र रियर हिटेड सिट, हिटेड स्टेरिङ व्हील र अन्य चनाखो विशेषताहरुले भरिपूर्ण छ, जसले गर्दा यसले विशिष्ट एसयूभी अनुभूति प्रदान गर्दछ ।

राइड र ह्याण्डलिङ
स्कोडा कोडियाक ४बाई४ अल–व्हील ड्राइभका साथ ४ वटा ड्राइभिङ मोड विकल्पहरुका साथ आउँछ । स्कोडाको लार्ज एसयूभी त्रिनिटी १८–इन्च व्हील छन् ।

यसका साथै यो २०.३२ सिएम सेन्ट्रल इन्फोटेन्मेन्ट प्रणालीका साथ स्टेरिङमा प्रोक्सीमिटी सेन्सर, भ्वाईस कमाण्ड कन्ट्रोल पनि रहेको छ ।

यसमा पावर न्याप प्याकेज र निकाल्न मिल्ने बुट टर्च पनि छ । यसको बुट स्पेस २७० लिटरबाट देखि २००५ लिटरसम्म बनाउन मिल्छ जुन कोडियाकको क्लासकै सबैभन्दा बढी हो । साथै यसमा किलेस इन्ट्री, स्टार्ट र स्टप बटन, भर्चुअल पेडल ओपन र क्लोज द बुट फंसन पनि उपलब्ध छ । नेपालमा कोडियाक स्टाइल भेरियन्टमा उपलब्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *