प्रत्यक्ष निर्वाचित प्रधान मन्त्रीय प्रणालीमा जाऔँ : कमल थापा

काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रत्यक्ष निर्वाचित प्रधान मन्त्रीय शासन प्रणालीमा जानुपर्ने बताएका छन् । मंगलबार काठमाडाैँकाे हिमालय होटलमा आयोजित ‘वर्तमान चुनौती र विकल्प’ विषयक कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष थापाले यस्ताे बताएका हुन् ।

थापाले प्रत्यक्ष निर्वाचित प्रधान मन्त्रीसहित पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने धारणा राखेका थिए । ‘प्रत्यक्ष निर्वाचित प्रधान मन्त्रीय शासन प्रणालीमा जाँदा राम्राे हुन्छ,’ सम्बाेधनका क्रममा अध्यक्ष थापाले भनेका छन् ।

केही समयअगाडि मात्रै राष्ट्रिय प्रजातन्त्र (राप्रपा) बाट अगल भएर राप्रपा नेपाल गठन गरेका थापाले राजतन्त्र छाडेर हिन्दुधर्मको वकालत गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =