केन्द्रबाटै तालमेल लाद्न खाेजियाे, यसले सिङ्गाे गठबन्धनलाई अप्ठ्याराेमा पार्छ : डा.काेइराला

काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले केन्द्रबाटै तालमेल लाद्न खाेजिएकाे बताएका छन् । यसले कांग्रेसलाई मात्रै नभइ सत्ता गठबन्धनमा रहेका सबै दलहरूलाई अप्ठ्याराेमा पार्न खाेजेकाे भनाइ उनकाे छ । मंगलबार काठमाडाैँमा आयाेजित नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भने, ‘स्थानीयस्तरमा गरिएकाे गठबन्धन, चुनावी तालमेल ठिकै हाेला । तर यहीँबाट लाद्न खाेजियाे भने त्यसले राम्राे गर्दैन । यसले कांग्रेसलाई मात्रै नभइ गठबन्धनमा रहेका अन्य दलहरूलाई समेत अप्ठ्याराेमा पर्न सक्छ ।’

केन्द्रमा एकखाले निर्णय भएपनि यसकाे पूर्ण कार्यान्वयन भने जिल्लाले नै गर्नुपर्ने उनकाे भनाइ छ ।

नेता काेइरालाले कांग्रेसभित्र संस्थापनइतर पक्षकाे नेतृत्व गर्दै आएका छन् । उनले आसन्न स्थानीय निर्वाचनमा गठबन्धनबाट जान नहुने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =