सरकार जनताप्रति गैरजिम्मेवार छ : ओली (भिडिओसहित)
२०७८ चैत २९ गते

काठमाडाैँ । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले अहिलेकाे सरकार जनताप्रति गैरजिम्मेवार रहेकाे बताएका छन् । मंगलबार काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले यस्ताे बताएका हुन् । ‘याे सरकार जनताप्रति जिम्मेवार छैन, गैरजिम्मेवार छ ।’
शेरबहादुर देउवा नेतृत्वकाे सरकार परमादेशी सरकार भएकाे उल्लेख गर्दै ओलीले भनेका छन्, ‘समय हिजाेजस्ताे छैन तर, सरकार भने हिजाेजस्तै छ । सरकार फेरिएन । अब पहिलेकाे पाराले नेता/नेतृत्वहरू सफल हुन सक्दैनन् । अहिलेकाे सरकार पनि सफल हाेइन, हुँदैन ।’
समय बदलिए पनि सरकार अझै तानाशाही छ: केपी ओली pic.twitter.com/3LSCfkATcE
— Makalu Khabar (@makalukhabar) April 12, 2022
२०७८ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित








