राष्ट्रियसभा सदस्य दाहालले लिए पद तथा गोपनियताकाे शपथ

काठमाडाैँ । राष्ट्रियसभा सदस्यमा मनोनित नारायणप्रसाद दाहालले पद तथा गोपनियताको सपथ लिएका छन् ।

मंगलबार सिंहदरबारमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दाहाललाइ शपथ गराएका हुन् ।

त्यस्तै, अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई सङ्घीय संसद्को लोगो प्रदान गरेका थिए । सपथ पछि दाहालले देश र जनताप्रति गरेका प्रतिवद्धतालाई कानूनी र व्यवहारिक रूपमा कार्यान्वयन गर्न जोड दिने बताए ।

उनले समृद्ध नेपाल नारालाई साकार पार्न पनि प्रयत्न गर्ने र देशको राष्ट्रियतालाई आँच आउन नदिन डटेर लड्ने धारणा पनि राखे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गरेकी हुन् । सरकारले नेपालको संविधानको धारा, ८६ को उपधारा, (२) को खण्ड (ख) बमोजिम उनलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 2 =