भक्तपुरमा मोटरसाइकल दुर्घटना: चार महिनाकी छोरीको मृत्यु, आमाबुबा घाइते
२०७८ चैत २९ गते

काठमाडौँ । भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । बिहान सूर्य विनायक नगरपालिका-९ नलिन्चोकमा बागमती प्रदेश ०२-०२१ प ६७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चार महिने लोसाङ डोल्मा तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक काभ्रे पाँचखाल नगरपालिका-१ का २२ वर्षका बुद्ध तामाङ र मोटरसाइकलको पछाडि बस्ने तामाङकी श्रीमती सुस्मिता घाइते भएका थिए । उनीहरू इवामुरा अस्पताल सल्लाघारीमा उपचारपछि डिस्चार्ज भएका छन् ।
गम्भीर घाइते छोरी लोसाङको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
२०७८ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित









