ओली भन्छन्- सरकार स्थानीय तह रिक्त पारेर भ्रष्टाचार गर्न खाेज्दैछ

काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार स्थानीय तह रिक्त पारेर भ्रष्टाचार गर्ने दाउमा रहेकाे बताएका छन् । साेमबार पार्टी कार्यक्रमलाई सम्बाेधन गर्न बझाङ पुगेका ओलीले भनेका छन्, ‘संसद् अन्त्य गरेर, अध्यादेश ल्याएर चुनाव गराउन खाेजेकाे छ । जनप्रतिनिधिविहीन बनाउन खाेजेकाे छ । प्रतिगमनमा लैजान खाेजेका छ । भ्रष्टाचार गर्ने दाउमा छ ।’

सरकारमा रहेका दल सम्धी, ज्वाइँ, भतिजो नियुक्ति गर्नमै व्यस्त रहेको आरोप ओलीकाे थियाे । आर्थिक अवस्था कर्मचारी, सेना र प्रहरीलाई तनाखासमेत दिन नसक्ने अवस्था पुगेको उनले बताए ।

सुदूरपश्चिम सरकार केन्द्रको भन्दा भ्रष्ट रहेको उनको आरोप छ, भने—‘पहिले कमिसन, त्यसपछि विकास आयोजना दिने त सुदूरपश्चिममा सरकार छ ।’

निर्वाचन आचारसंहिताअनुसार पुन: उम्मेदवार बन्ने बहलवाला जनप्रतिनिधिहरूले मनाेनयनअगावै राजीनामा दिनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =