हुन्डाईकाे नयाँ वर्ष ग्राहक योजना, ४ लाखसम्म नगद छुट

काठमाडौँ । हुन्डाई अटोमोबाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँ वर्ष २०७९ योजना ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

नयाँ वर्ष बोनस रु. ७९ हजार, एक्सचेन्ज बोनस रु. ७९ हजारसम्म, मोडेल इयर डिस्काउन्ट रु. ९९ हजारसम्म, द्रुत मूल्याङ्कन र स्पट एक्सचेन्जमा १ वर्षको लागि निःशुल्क बीमा र सडक कर ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *