राप्रपाले थाल्यो चुनावी घरदैलो, कुन नेतालाई कहाँ खटाइयो ? (सूचीसहित)

काठमाडौँ । स्थानीय तहको निर्वाचन लक्षित राप्रपाले आजदेखि देशव्यापीरुपमा ‘जनताको माझमा राप्रपा र घरदैलो अभियान’को औपचारिक शुरु गर्दैछ । हरेक जिल्लाका सदरमुकाममा गरिने अभियानको शुभारम्भ गर्दा साना ठूला आमसभा, कोणसभा गरिने भएको हो ।

स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्दा जनजागरणका लागि आफ्नो टोलमा पुगौं भन्ने नारासहित अभियान शुरु गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनकाअनुसार निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदवार छनौट एवं विभिन्न अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि समेत खटाएको छ ।

राप्रपाले उमेदवार छनौट गर्न वडा तहको सम्बन्धित जिल्ला अध्यक्षको अध्यक्षतामा गठित उम्मेदवार छनौट समितिले, नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारको निर्णय सम्बन्धित प्रदेश अध्यक्षको अध्यक्षतामा गठित उमेदवार छनौट समितिले र उपमहानगरपालिका, महानगरपालिकाका प्रमुख, उपप्रमुख केन्द्रले छनौट गर्नेछ र केही दिन भित्रै सबै तहमा उमेदवारको टुंगो लगाउने तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले बताए । राप्रपाका महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठक नेतृत्वको समितिले तयार पारेको निर्देशिका बमोजिम स्थानीय तहको निर्वाचनको तयारी, अनुगमन र परिचालन भइरहेको छ ।

निर्णय अनुसार विक्रम पाण्डे झापा, राजेन्द्र गुरुङ्ग उदयपुर, राम थापा मोरङ्ग, भक्ति प्रसाद सिटौला इलाम, मोहन श्रेष्ठ र दिनेश कार्की तनहुँ, हरि प्रसाद घिमिरे तेह्रथुम, ज्ञानेन्द्र शाही कालिकोट, मुकुन्द श्याम गिरी दैलेख, कुन्ती कुमारी शाही सुर्खेत, सगुनसुन्दर लावती ताप्लेजुङ्ग, गोपाल दाहाल धनकुटा, प्रल्हाद प्रसाद साह सुनसरी, दिनेश कुमार साह संखुवासभा, मोहन प्रसाद यादव धनुषा, शत्रुघन महासेठ सप्तरी, रामप्रताप साह (भोला) रौतहट, मनोज मल्ल ठकुरी महोत्तरी, भरत गिरी सर्लाही, अर्जुन राई ओखलढुङ्गा खटिएका छन् ।

यसैगरी वीरेन्द्र प्रसाद लाल कर्ण सिराहा, राजनारायण प्रसाद साह पर्सा, किशोर बहादु कार्की बारा, रोशन कार्की काठमाडौं, भुवन पाठक भक्तपुर, प्रकास रिमाल धादिङ्ग, विक्रम बहादुर थापा ललितपुर, रविन्द्र प्रताप शाह सिन्धुपाल्चोक, दिपक कुमार राई रसुवा, भरत प्रसाद पाठक दोलखा, रेखा थापा चितवन, रिना गुरुङ्ग मकवानपुर, रविन चाम्लिङ्ग सोलुखुम्बु, प्रविण कुमार थोकर रामेछाप, हेमजंग गुरुङ्ग नवलपुर, डा. महेन्द्र बहादुर कार्की गोरखा खटिएका छन् ।

भिम प्रसाद गौचन बाग्लुङ्ग, रामराजा कोइराला लमजुङ्ग, पञ्चराम गुरुङ्ग कास्की, प्रमोद विष्ट अर्घाखाँची, हिकमत जङ कार्की पाल्पा, ध्रुवबहादुर रायमाझी गुल्मी, निलकण्ठ काफ्ले नवलपरासी, प्रदिप कुमार उदय कपिलवस्तु, जयलाल पुन स्याङजा, प्रेम बहादुर भण्डारी बर्दिया, डा. धवल शम्शेर राणा दाङ, गीता बस्नेत बाँके, दिपक कुवँर क्षेत्री म्याग्दी, धन बहादुर बुढा जुम्ला, गोपाल प्रसाद पौडेल पाँचथर, धनसुर शाही जाजरकोट, जनक बहादुर सिंह रुकुम पश्चिम, धर्मराज जोशी कैलालाी, जयन्त चन्द कञ्चनपुर, तीर्थराज चटौत दार्चुला, पूर्ण बहादुर चन्द बैतडी, बसन्ती शाही अछाम खटिने भएका छन् ।

प्रेम बलायर डडेल्धुरा, गोविन्द खडायत डोटी, विजय खडका सिन्धुली, उदय पोखरेल पर्वत, ऋषिराज देवकोटा सल्लान, मिना स्वर्णकार रुकुम पूर्व, दामोदर भण्डारी रोल्पा, ध्रुवबहादुर प्रधान रुपन्देही, देवी पौडेल घिमिरे प्यूठान, जेम्स हिराचन मुस्ताङ, भुजुङ गुरुङ्ग मनाङमा केन्द्रीय प्रतिनिधि खटिएको श्रेष्ठले बताए ।

राप्रपाले निर्वाचन स्थानीय तहको निर्वाचनका उमेदवार छनौटका लागि सम्बन्धित तहमा ताकेता पनि गरिरहेको छ । उमेदवार छनौट गर्दा सम्बन्धित तहमा लोकप्रिय, उच्च नैतिक चरित्र भएको, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको, विगतका निर्वाचनमा पार्टी र पार्टीका उमेदवारका पक्षमा सक्रियतापूर्वक कार्य गरेको, पार्टीद्वारा सञ्चालन गरिएका विभिन्न कार्यक्रम, अभियान र आन्दोलन लगायतका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको, प्रचलित कानुनले उम्मेदवार हुन योग्य भएको र सुशासनमा प्रतिबद्धता हुनुपर्ने मापदण्ड तय गरेको छ ।

पार्टीको सक्रिय सदस्य नरहेको तर कुनै राजनीतिक दल राप्रपामा समाहित भएको, एकीकरण भएको, अन्य राजनीतिक दलमा सक्रिय भइ निर्वाचनका बेला राप्रपामा प्रवेश गरि निर्वाचनमा उमेदवार बन्न चाहेको अवस्थामा सम्बन्धित स्थानीय तह परिचालन समितिले निर्णय गरेबमोजिम हुने यसअघि निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

One thought on “राप्रपाले थाल्यो चुनावी घरदैलो, कुन नेतालाई कहाँ खटाइयो ? (सूचीसहित)

  1. भोज्पुर को नाम छुते को हो कि क हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =