थप ४ जनामा कोरोना संक्रमण, काठमाडाैँमा भेटिएनन् संक्रमित

काठमाडाैँ । नेपालमा आइतबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय पिसिआर परिक्षणका क्रममा ३ जना र ९ सय ४० एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४८ संक्रमित निको हुदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २८ जना निको भएका छन् ।

हाल नेपालमा ५ सय ९२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

आइतबार काठमाडाैँ जिल्लामा काेराेना संक्रमित भेटिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =