नेपाली सेनाले सशस्त्र प्रहरीलाई १० हजार थान राइफल दिने

काठमाडाैँ । नेपाली सेनाले सशस्त्र प्रहरी बल, नेपाललाई ५ सय ९० नाल हतियार र सोको एम्युनिसन सामाग्रीहरू प्रदान गरेको छ ।

आइतबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई इन्सास राइफल पाँच सय नाल र एलएसडब्लु ९० नाल र सोको एम्युनिशन सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

सशस्त्रलाई नेपाललाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरू सञ्चालन गर्ने प्रयोजनका लागि सरकारको निर्णय अनुसार उक्त हतियार हस्तान्तरण गरिएको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाले सहयोगस्वरूप इन्सास राइफल ९ हजार र एलएसडब्लु १ हजार ६ सय नाल हतियार उपलब्ध गराउने छ । बाँकी हतियार तथा एम्युनिशन क्रमशः हस्तान्तरण गरिँदै लगिने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

यसबाट सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि हुनुको साथै सुरक्षा निकायहरूबिचको सम्बन्ध समेत थप बलियो हुने सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nineteen =