देशलाई समाजवादकाे दिशामा अघि बढाउने एकीकृत समाजवादीकाे प्रतिबद्धता

काठमाडाैँ । नेकपा एकीकृत समाजवादी मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाएर सुन्दर भविष्य निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
शनिवार पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा उनीहरूले नयाँ शिराबाट कम्युनिस्ट आन्दोलनको सुरुवात गर्दै मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।
आमसभालाई सम्बोधन गर्दै समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मदन भण्डारीको नामको दुरुपयोग र जबजको मान्यतामाथि कुठाराघाट भइरहेको आरोप लगाए । उनले गफाडीहरूलाई गफ गर्न दिनुपर्ने र आफूहरू प्रस्ट विचारका साथ जनतामाझ जाने धारणा राखे ।
अध्यक्ष नेपालले जनसेवाको पक्षमा दृढता साथ उभिन चाहेको भन्दै बोलेको कुरा पुरा गरेरै छाड्ने दाबी गरे । विभिन्न जिल्लामा एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर चलिरहेको र पार्टी थप बिस्तार हुँदै गएको उनले बताए ।
त्यस्तै समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवाद नै भविष्य रहेको भन्दै यसका लागि नयाँ यात्रा सुरु गरेको जानकारी दिए। उनले यसअघिको ओली नेतृत्वको ४२ महिने सरकारले फुटेको कौडी पनि गर्न नसकेको आरोप लगाए ।
कार्यक्रममा समाजवादीका अन्य नेताहरूले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने बेला आएको धारणा राखेका थिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 12 =