प्रलेस अध्यक्षमा मधुसूदन

काठमाडाैँ । प्रगतिशील लेखक सङ्घको आज सम्पन्न १२औँ राष्ट्रिय सम्मेलनले डा मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

कमिटीको उपाध्यक्षमा समीर सिंह र नमुना शर्मा, महासचिवमा डा देवी दुलाल, उपमहासचिवमा बालमुकुन्द कार्की, सचिवमा दलबहादुर गुरुङ र गिरीप्रसाद बुढा तथा कोषाध्यक्षमा बाबा बस्नेत चयन भएका छन् ।

सम्मेलनले ४६ सदस्यीय परिषद् सदस्य चयन गरेको छ । निर्वाचित पदाधिकारीलाई निवर्तमान अध्यक्ष डा जीवेन्द्रदेव गिरीले कार्यभार हस्तान्तरण गरे भने निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले शपथ दिलाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *