शङ्खरापुरमा टिपर दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु
२०७८ चैत २६ गते

काठमाडौँ । काठमाडौँको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शङ्खरापुर नगरपालिका-१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका-७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो ।
टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् । रासस
२०७८ चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित









