निलम्बित गभर्नरमाथि अनुसन्धान गर्न समिति गठन, यस्ता छन् आरोप

काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन गर्ने निर्णय गरेकाे ।

गभर्नर अधिकारीमाथि अनुसन्धानका लागि भन्दै सरकारले तीन सदस्यीय जाँचबुझ समिति बनाएकाे छ । समिति गठन भएसँगै अधिकारी निलम्बित भएका हुन् ।

उनीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको भन्दै जाँचबुझ समिति गठन गरिएकाे हाे ।

राष्ट्र बैंक ऐन २०५८ को दफा २२ को उपदफा ५ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरूको पदमुक्त सम्बन्धि व्यवस्था राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *