सुदूरपश्चिम सरकारमा कांग्रेसले पायो स्थान, नवनियुक्त मन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा अन्ततः नेपाली कांग्रेसले पनि ठाउँ पाएको छ । केन्द्रमा सत्ता गठबन्धनमै रहेको नेपाल कांग्रेस सुदूरपश्चिम प्रदेशमा भने प्रतिपक्षी दलका रूपमा रहेको थियो ।

सरकारको नेतृत्व वा सहभागि हुनुपर्ने माग गर्दै आएको कांग्रेस अहिले स्थानीय चुनाव हुनु अघि सरकारमा गएको छ । माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारमा काँग्रेस तीन मन्त्रालयलयसहित सरकारमा सहभागी भएको हो ।

मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्य मन्त्रीमा नियुक्त गरे ।

यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन् । एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको छ । उनीहरूले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो ।

यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुुमारी चौधरी फिर्ता भएकी छिन् भने एकीकृत समाजबादीकै कुलबीर चौधरी सोही स्थानमा नियुक्त भएका छन् ।

अर्थ राज्यमन्त्रीबाट माया तामाड बोहरा फिर्ता भएकी छिन् भने उनको ठाउँमा अमर साउँद नियुक्त भएका छन् । सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउँदलाई पनि समाजबादीले फिर्ता बोलाएको छ ।

नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुखले शपथ दिलाएका छन् । स्थानीय चुनावामा केन्द्रको गठबन्धन सुदुरपश्चिमा असर पर्ने भएपछि काँग्रेसलाई सरकारमा सहभागी गराइएको हो । प्रदेशसभामा समाजवादीको १४, माओवादीको १३, कांग्रेसको १२ र एमाले १० का दश जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *