मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न राष्ट्रपतिकाे आग्रह

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशील हुनुपर्ने बताएकी छन् ।

शुक्रवार काठमाडौँमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (ईशान) को आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अहिले पनि हजारौँ विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने गरेको भन्दै मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशील हुनुपर्ने बताएकी हुन् ।

नेपाललाई गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने गन्तव्य बनाउन गम्भीर हुनुपर्ने उनको भनाई छ । उनले गुणस्तरीय, सर्वसुलभ र अनुसन्धानमुखी उच्चशिक्षाका लागि योगदान गर्न विद्यालय सञ्चालकलाई आग्रह गरिन् ।

कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि आवश्यक काम सरकारले गरेको जानकारी दिए । शिक्षक सेवा आयोगलाई लोकसेवा जस्तै बलियो बनाउने र दरबन्दी बढाउने काम भइरहेको उनको भनाई छ ।

‘शिक्षा विकासमा सार्थक साझेदारी : ईशानको योगदान र जिम्मेवारी’ मूल नाराका सुरु सम्मेलन शनिवार सम्म चल्ने छ । हाल सञ्चालनमा रहेका निजी लगानीबाट सञ्चालित मावि दुई तथा उच्च शिक्षालयको सङ्ख्या एक हजार ९७७ भन्दा बढी पुगिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 14 =