पाकिस्तान : संसद पुनःस्थापित, प्रधान मन्त्रीविरुद्धकाे अविश्वास प्रस्ताव अघि बढाउन आदेश

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेको छ ।

पाँच सदस्यीय इजलासले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको राष्ट्रियसभा विघटन ‘गैर कानुनी’ भएको फैसला दिएको हो । अदालतले ९ अप्रिल शनिवार संसद सत्र बाेलाउन समेत आदेश दिएकाे छ ।

त्यस्तै अदालतले प्रधान मन्त्री इमरान खानविरुद्धकाे अविश्वासकाे प्रस्तावमाथि संसदबाट फैसला लिन समेत भनेकाे छ ।

प्रधान मन्त्री खानले अदालतको निर्णय स्वीकार गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + two =