शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न कानूनमा आएकाे हुँ : कानूनमन्त्री (भिडिओसहित)

काठमाडाैँ । नवनियुक्त कानूनमन्त्री गाेविन्द शर्मा काेइराला (वन्दी) ले आफू शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनकै लागि कानून मन्त्रालयकाे जिम्मेवारीमा आएकाे बताएका छन् । बिहीबार शपथ तथा पदभार ग्रहन गरेपछि मन्त्री वन्दीले यस्ताे बताएका हुन् । ‘शान्ति प्रक्रियाका केही बाँकी कामहरू छन्; जस्ताे सत्य निरुपण तथा मेलमिलाप आयाेग र बेपत्ता आयाेगहरूले चाहेजस्ताे काम गरिरहेका छैनन् । उनीहरूकाे काममाथि धेरै प्रश्नहरू उठ्छन् । कतिपय कानूनहरू संशाेधनदेखि लिएर सर्वाेच्च अदालतकाे फैसलाअनुसारकाे काम भएकाे छैन,’ मन्त्री वन्दीले भने, ‘त्यसले प्रपर्ली फङ्सन गर्न सकेकाे छैन । यस्तै तमाम कामहरू; पीडितलाई न्याय दिलाउनेदेखि लिएर शान्ति प्रक्रियाका बाँकी कामहरू गर्नेगरी म याे मन्त्रालयमा आएकाे हुँ ।’

यस्तै उनले हुँदै/गरिँदै आएकाे कामहरूलाई पनि उत्तिकै प्राथमिकताका साथ काम गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =