रत्नपार्कका श्रमिकमाथि ज्यादती भएकाे सडक व्यापार श्रमिक संगठनकाे गुनासाे
२०७८ चैत २४ गते

काठमाडाैँ । नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनले सहरी सेवा केन्द्र रत्नपार्कमा रहेका स्वरोजगार श्रमिकहरूमाथि ज्यादती गरेको गुनासो गरेको छ ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संगठनले काठमाडौँ महानगरको आतंक बन्द नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष कुमार सापकोटले आफैँले रोजगारी सिर्जना गरेर सटर तथा सडक व्यापार गरेका श्रमिकहरूलाई राज्यले पटक–पटक धरपकड गर्न खोज्नु दुःखद् रहेको बताए । उनले सरकारले श्रमिकहरूलाई नजरअन्दाज गरे कडा सडक आन्दोलन गर्न बाध्य हुने भन्दै श्रमिकहरूलाई श्रम गरेर खान दिनुपर्ने बताए ।
यस्तै, उनले काठमाडौँ महानगरपालिका र ठेकेदारले व्यापारीहरूलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो । कोरोनाले थलिएका व्यापारीहरूलाई सरकारले राहत दिनुपर्ने ठाउँमा उल्टो सिध्याउन खोजेको उनकाे भनाई छ ।
२०७८ चैत २४ गते
प्रतिक्रिया
सम्बन्धित









