उद्योगमन्त्री बडूले गरे पदभार ग्रहण
२०७८ चैत २४ गते

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गरेका छन् ।
बिहीबार सिंहदरबार पुगेर मन्त्री बडूले पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आजै राष्ट्रपति विद्या भण्डारीले मन्त्री बडूलाई नयाँ जिम्मेवारी तोकेकी हुन् । यसअघि बडूले असोज २२ देखि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।
२०७८ चैत २४ गते
प्रतिक्रिया
सम्बन्धित








