एमालेमा २४ घण्टा पनि टिकेनन् पित्तबहादुर
२०७८ चैत २३ गते

काठमाडाैँ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) पुनः माओवादीमै फर्किएका छन् । उनी एमाले प्रवेश गरेको २४ घण्टा नबित्दै माओवादीमै फर्किएका हुन् ।
समकक्षी नेता कार्यकर्ताको दबाबपछि एमाले प्रवेश गरेको उनको भनाइ छ । उनलाई सोमबार केपी ओलीले खादा पहिराएर एमाले प्रवेश गराएका थिए । उनी ओली निवास बालकोट पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए ।
डल्लाकोटी माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष हुन् । उनी निर्वाचित हुँदा नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो । उनी नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सदस्यसमेत हुन् ।

२०७८ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित








