भुवन केसी काठमाडौँको मेयर उठ्ने, उपमेयरमा रेश्मा लामा

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा अभिनेता भुवन केसी काठमाडौँ महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने भएका छन् । उनी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट मेयर पदको उम्मेदवार बन्ने भएका हुन् ।

सो पार्टीको मंगलबार साँझ काठमाडौँमा बसेको केन्द्रीय कार्य समितिको बैठकले केसीलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । रेश्मा लामालाई महानगरको उपमेयर पदको उम्मेदवार चयन गरिएको अध्यक्ष नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

केसीलाई उन्नत लोकतन्त्र पार्टीको परराष्ट्र विभागको अध्यक्षको जिम्मेवारी पनि दिएको छ । यसअघि अभिनेता केसी राप्रपा प्रवेश गर्न लागेको चर्चा चलेको थियो । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *