निसान नयाँ वर्ष अफर : किक्स कारमा साढे ३ लाख छुट

काठमाडौँ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९ को विशेष अफर ल्याएकाे छ । उक्त अफर अन्तर्गत एउटै गाडी निसान किक्समा ३ लाख ५० हजार नगद छुट  दिने भएकाे छ ।

कम्पनीले १ वर्ष सम्मको इन्स्योरेन्स र सडक कर छुट दिनेछ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको भनाइ छ ।

कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफर समेत उपलब्ध छ । यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुनेछ ।

सो अफर मंगलबारदेखि प्रारम्भ भएको छ र आगामी अप्रिल ३० अर्थात बैशाख १७ सम्म लागू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *